TodayPati

यो साता मधेश प्रदेशसहित देशका केही स्थानमा भारी वर्षाको सम्भावना

टुडेपाटी-
जनकपुरधाम, असार ४ गते ।

यो साता मधेश प्रदेश सहिता देशको केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, वाग्मती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पहाडी भू–भागमा साताको सुरुआतमा प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेगगर्जन चट्याङ हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको र साताको मध्य तथा अन्त्यमा प्रदेश १, वाग्मती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेगगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना छ ।

Sponsored

तराई भू–भागमा साताको सुरुआतमा प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको मध्य तथा अन्त्यमा प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेगगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भाग साताको सुरुआतमा प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र साताको मध्य तथा अन्त्यमा प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *