TodayPati

बालबालिकाको लागि आइतबार खोप आउने

टुडेपाटी–
काठमाडौं, असार २ गते ।

कोरोना विरुद्धको खोप पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप आगामी आइतबार नेपाल आइपुग्ने भएको छ ।

पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका रहेको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए ।

Sponsored

खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगिसकेको चौरासियाले जानकारी दिए ।

चौरसीयाले खोपलाई भण्डारण गरेर नराखिने भन्दै खोप आउने बित्तिकै विमानस्थलबाट वितरण गर्ने बताए । असारको ८÷९ बाट नै बालबालिकालाई खोप लगाउन सुरु गरिने उनले भने ।

नेपालले कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज निःशुल्क पाएको हो । यसभन्दा अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अरब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *