मधेश सरकारले ल्यायो झण्डै ४७ अर्वको बजेट, कुन मन्त्रालयको कति ?
टुडेपाटी–
जनकपुरधाम, असार १ गते ।
मधेश प्रदेश सरकारले ४६ अर्व ८८ करोड ९ लाख ४६ हजारको बजेट ल्याएको छ ।
बुधवार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बजेट प्रस्तुत गरेका हुन् । उनले चालु तर्फ २१ अर्व ७६ करोड ६७ लाख ९५ हजार, पूँजीगत तर्फ २५ अर्व ८२ करोड २० लाख ८० हजार र बित्तीय व्यवस्था तर्फ १६ करोड ६४ लाख ५६ हजार २ सय बजेट विनियोजन गरेका हुन् ।
कुन मन्त्रालयले कति पाए बजेट ?
१. भौतिक पूर्वाधार विकास मन्त्रालय १८ अर्व ८ करोड ४५ लाख ६४ हजार
२. सामाजिक विकास मन्त्रालय ७ अर्व ८० करोड ९६ लाख
३. उद्योग, पर्यटन तथा वन मन्त्रालय ४ अर्व ८४ करोड ६४ लाख
४. भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय २ अर्व ७४ करोड २५ लाख
५. खानेपानी तथा उर्जा विकास मन्त्रालय १ अर्व ६८ करोड ८६ लाख
६. गृह तथा सञ्चार मन्त्रालय ६४ करोड ३३ लाख २० हजार
७. महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय ६१ करोड ९८ लाख
Sponsored