TodayPati

लोसपाको मधेश प्रदेशसभाको संसदीय दलको बैठक बोलाइयो

टुडेपाटी-
जनकपुरधाम, असार १ ।

मधेश प्रदेशको प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशसभा संसदीय दलको बैठक बस्दैछ ।

बुधबार मधेश प्रदेश सरकारले सार्वजनिक गर्न लागेको आर्थिक वर्ष २०७९/८० बजेटबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका नेता जितेन्द्र सोनलले बताए ।

Sponsored

प्रदेश सरकारले आज ४ बजे सार्वजनिक गर्न लागेको अगामी आर्थिक वर्षको बजेट कार्यक्रममा पार्टीका सम्पूर्ण मधेश प्रदेशका सांसदलाई उपस्थितिका लागि आग्रह गर्ने उनले बताए ।

उनले भने ‘बजेट आउनु नियमित प्रकृया हो, त्यो कसरी प्रस्तुत भइरहेको छ, बजेटमा कुन–कुन विषय आइरहेका छन्, ती कुरामा विशेष ध्यान दिइन्छ ।’

प्रदेश सरकारले ल्याउने बजेटलाई लोसपाले सुक्ष्म अध्ययन गरि आफ्नो प्रतिकृया दिने र त्यसका लागि संसदमै उपस्थित भएर बजेटको बारेमा बुझ्न सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि भन्ने सोनलले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *