TodayPati

६० फिट गहिरो बोरवेलमा खसेका बालकको १०६ घण्टापछि उद्धार

एजेन्सी-
जनकपुरधाम, असार १ गते ।

भारतको छत्तीसगढको जंजगीर–चम्पा जिल्लामा बोरवेलमा फसेका राहुललाई १०६ घण्टापछि मंगलबार राति उद्धार गरिएको हो । उद्धार गरेलगत्तै उनलाई बिलासपुरको एपोलो अस्पताल लगिएको थियो ।

गत राहुल शुक्रबार दिउँसो २ बजेतिर ६० फिट गहिरो बोरवेलमा खसेका थिए । प्रशासन, एसडीआरएफ, एनडीआरएफ र सेनाले यो अपरेशन अविरल र अथक रूपमा सम्पन्न गर्न सफल भएको हो ।

Sponsored

यस क्रममा उनले धेरै समस्याको सामना पनि गर्नु परेको थियो । यसलाई देशकै सबैभन्दा ठूलो उद्धार कार्य भनिएको छ ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले उद्धार कार्यको अनुगमन गरिरहेका थिए । उनी राहुलका आफन्तसँग सम्पर्कमा थिए ।

मंगलबार राति उनले सामाजिक सञ्जालमार्फत उद्धार कार्य सफल भएको जानकारी दिए । राहुललाई बाहिर निकाल्नेबित्तिकै उद्धारकर्ताहरूले ‘भारत माताकी जय’को नारा लगाएका थिए । उद्धार टोलीलाई मानिसहरूले ताली बजाएर र पटाका पड्काएर धन्यवाद दिएका थिए ।

Sponsored

पाँच दिनदेखि राहुललाई विशेष क्यामेराबाट निगरानी गरिँदै थियो । उनलाई खाना र पानीको व्यवस्था गरिएको थियो । उनको हौसला बढाउन लगातार कुरा गरिएको थियो। सेनाका जवानहरूले उद्धारको कमाण्ड आफ्नो हातमा लिएका थिए ।

राहुललाई डोरीले तानेर बाहिर ल्याइयो । उनको अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स, चिकित्सकको टोली र चिकित्सा उपकरण तयारी अवस्थामा थियो । सुरुङदेखि एम्बुलेन्ससम्म करिडोर बनाइएको थियो । राहुललाई स्ट्रेचरबाट सिधै एम्बुलेन्समा ल्याइएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *