TodayPati

अर्थमन्त्री शर्मा राजिनामा दिने तयारीमा

टुडेपाटी-
जनकपुरधाम, जेठ ३० गते ।

नेपालको आगामि आर्थिक वर्षको बजेटमा अनाधिकृत व्यक्तिबाट छेडछाड गराएको सार्वजनिक भएपछि अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन् ।

उनी विवादमा तानिएसँगै राजीनामाको तयारी गरेको उनीनिकट स्रोतको दाबी छ ।

Sponsored

आजको अन्नपूर्ण पोस्टमा उनले बजेटमा अनाधिकृत व्यक्तिबाट छेडछाड गराएको विषय सार्वजनिक भएको थियो । समाचार प्रकाशन भएपछि उनी नैतिक संकटमा परेका हुन् ।

बजेट आउनु अघिल्लो रात उनले पूर्वनासुलाई बोलाएर करको दरमा हेरफेर गराएको कुरा बाहिर आएपछि उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएर स्पष्टिकरणसमेत लिएका थिए ।

प्रचण्डले पनि शर्मालाई राजीनामा दिनु उपयुक्त हुने सल्लाह दिएका छन् ।

Sponsored

यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले छलफल गर्ने तयारी भएको छ । बालुवाटार स्रोतका अनुसार यो विषय बाहिर आएपछि प्रधानमन्त्री देउवाले पनि शर्मालाई राजीनामा दिनु उपयुक्त हुने सल्लाह दिनेछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *