प्रदेश २ कोरोना अपडेट : ४५८ को PCR र ६५९ जनाको RDT परिक्षण
टुडेपाटी-
जनकपुरधाम, वैशाख ४ गते ।
प्रदेश २ मा हालसम्म ४ सय ५८ जनाको स्वाब परिक्षण गरिएको छ । प्रदेश २ को आठजिल्लाबाट ५ सय ३५ जनाको स्वाब संकलन गरिएकोमा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीवार दिउँसोसम्म चार सय ५४ जनाको रिपोर्ट नेगेटिभ आएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । पर्साको वीरगंजमा ३ र रौतहटमा एक गरी चारजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
यस्तै बिहीवारसम्म प्रदेशको आठवटै जिल्लामा ६ सय ५९ जनाको किट मार्फत ¥यापिड परिक्षण गरिएको छ । जसमध्ये सप्तरीका २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपनि पिसिआर प्रविधिबाट गरिएको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको मन्त्रालयका सचिव घिमिरेले बताए ।
उनका अनुसार हालसम्म आठवटै जिल्लाको विभिन्न क्वारेन्टाइनमा ११ सय ३७ जना छन् भने चिकित्सकको सल्लाह अनुसार १५ सय २५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
Sponsored