क्षिरेश्वरनाथका मेयर सुखदेव यादवद्वारा सात किसिमका सिफारिस निःशुल्क
टुडेपाटी-
जनकपुरधाम, जेठ २७ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले बिभिन्न सात किसिमका सिफारिस निःशुल्क गरेको छ ।
नागरिकता, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइ सराइ, घरबाटो र चार किल्ला प्रमाणित सिफारिस निःशुल्क गरेको हो ।
नवनिर्वाचित मेयर सुखदेव यादवले नगरपालिकाको १० वटै वडालाई पत्राचार गर्दै ती सिफारिस निःशुल्क गर्न निर्देशन दिएका हुन् ।
यस्तै, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि धनुषा जिल्लाभित्रका स्वास्थ्य संस्था र अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ ।
ती निर्णयहरु कार्यपालिकाको बैठकमा अनुमोदन हुने गरी यो निर्णय गरेको मेयर यादवले बताए ।
Sponsored
नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका यादवले विभिन्न सिफारिस शुल्क र एम्बुलेन्स सेवा निःशुल्क गर्ने घोषणा गरेका थिए ।