पेट्रोलियम पदार्थको भाउ बढ्यो
टुडेपाटी-
जनकपुरधाम, जेठ २६ गते ।
पेट्रोलियम पदार्थको फेरि भाउ बढेको छ ।
पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ देखि १२ रुपैयाँसम्म भाउ बढेको हो ।
नेपाल आयल निगमले आज बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।
त्यस्तै डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको हो।
बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल रमट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ।
Sponsored
खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ।
यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।