TodayPati

सामूहिक बलात्कार गरेको आरोपमा दुई युवकलाई गाउँलेले जिउँदै जलायो

एजेन्सी
जनकपुरधाम, जेठ २६ गते ।


भारतको झारखण्डमा सामूहिक बलात्कार गरेको आरोपमा दुई  युवकलाई जिउँदै जलाइएको छ ।

झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको हो ।

Sponsored

घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् ।

जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

मृत्‍यु हुनेमा सुनील उराव रहेका छन् भने घाइते हुनेमा आशिष उराव रहेका छन् । गम्भीर घाइते आशिषको अस्पतालमा उपचार भइरहेको छ।

Sponsored

घटनापछि गाउँ तनावग्रस्त बनेको छ भने गाउँमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रहरीले बिहीबार बिहान गाउँका अधिकांशलाई सोधपुछ गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *