TodayPati

लोसपालाई पार्टी एकताको लागि उपेन्द्र यादवको आह्वान -‘फुटेर हैन, जुटेर अघि बढौं’

टुडेपाटी
जनकपुरधाम, जेठ २५ गते ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादीकको अध्यक्ष महन्त ठाकुरलाई जुटेर अघि बढ्न आग्रह गरेका छन् ।

जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जसपा पार्टी विभाजन भएर लोसपा बन्दा कसैलाई फाइदा नभइ नोक्सन मधेसीकै भएको बताए ।

Sponsored

उनले मधेशको मत र जनमत बाडिदा मधेसी जनतालाई क्षति भएका कारण पार्टी एकता आवश्यक रहेको बताए ।

जनता समाजवादी र राजपा मलेर बनेको जसपाबाट महन्थ ठाकुर नेतृत्वमा निस्केको समुह बारे समिक्षा गर्ने समय आएको छ, अध्यक्ष यादवले भने,‘फार्टी फोडेर के फाइदा भयो ? नोक्सान दुबै तिर भएको छ । फाइदा त कसैलाई भएको छैन । विभाजनको औचित्य छैन । भडकाउन षडयन्त्र भएको छ ।’ फार्टी फुटदा न लोसपालाई हित भयो न मधेसी जनातालाई फाइदा भयो, उनले भने ।

‘खुल्ला हृदयले आग्रह गर्दछु कि हिजोको समिक्षा गरेर पार्टी फुटले कस्लाई फाइदा भयो ? ’ यादवले भने, ‘जब कसैको हितमा भएन भने अझै समय छ फुटेर होइन जुटेर अगाडी बढौ । जुटेर अगाडी बढन लोसपाका साथिहरु आए खुल्ला हृदयले स्वागत गर्न तयार छौ ।’ पाच दलिय गठबन्धनको माध्यमबाटै प्रदेश र प्रतिनिधि सभाको नर्वाचनमा जसपा अगाडी बढने यादवले बताए ।

Sponsored

गठबन्धबाट कसैलाई फाइदा, कसैलाई नोक्सना भएपनि गठबन्धनको निरन्तरताको पक्षमा हामि छौ, उनले भने । गठबन्धनले लोकतन्त्रमाथको संकटबाट बचाएर अगाडी बढेको उल्लेख गर्दै प्रतिनिध सभाबाट नागरिकता ऐन पारित गरेर नागरिकताबाट बञ्चित मधेसीका सन्तानहरुलाई नागरिकता उपलब्ध गराउने यादवले प्रतिबद्धता जनाए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *