जनकपुरमा अध्यक्ष उपेन्द्र यादव सहभागी जसपा बैठकमा कुटाकुट
टुडेपाटी-
जनकपुरधाम, जेठ २५ गते ।
जनता समाजवादी पार्टी (जसपा)को समीक्षा बैठकमा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा कुटाकुट भएको छ ।
मंगलबार जनकपुरधाम स्थित एक होटेलमा भएको धनुषा जिल्लाको समीक्षा बैठकमा नेताहरुले कुटाकुट गरेका हुन् ।
समीक्षा बैठकमा संगठनको अवस्था बलियो रहे पनि चुनावमा भएको नराम्ररी पराजयको विषयमा नेताहरुले खुल्ला रुपमा आरोप लगाउन थालेपछि कुटाकुट भएको थियो ।
बैठकमा सहभागी एक जना सदस्यका अनुसार जसपा सबैला नगरपालिकाका अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तरघात गरेको आरोप लगाएर सिटमा बसे लगतै यादव समर्थकहरुले कुटपिट गरेका थिए ।
बैठकमा अचानक कुटपिट गर्न थालेपछि आक्रोशित बनेका सहभागीहरुले यादव पक्षधरहरुलाई रामधुलाई दिएका थिए ।बैठकमा कुटाकुट हुन थालेपछि मापदण्डमा नपर्नेहरुलाई बैठक हल बाहिर निकालिएको थियो ।
Sponsored
जिल्लाका नगर र गाउँपालिकाका पदाधिकारीहरु र सिकिन्दर सिंह यादव, अवधकिसोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि आक्रमण गरेका थिए ।
पछि सहभागीहरुले यादव, रविदास र मुखियालाई कुटपिट गरेर बाहिर निकालेका थिए । त्यसपछि बैठक पुन: चलेको थियो ।