घुमन्ते जीवन बिताइरहेका विपन्न परिवारका बालकको जनकपुरमा हत्या
टुडेपाटी–
जनकपुरधाम, जेठ २४ गते ।
विपन्न भएको कारण घुमन्ते जीवन बिताइरहेका परिवारका एक बालकको जनकपुरमा हत्या भएको छ ।
गत जेठ १७ गते बेपत्ता भएका सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरहीको हत्या भएको हो ।
बालकको शव धनुषाको जनकपुरधाम उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ पर्ने वसविट्टी स्थित दुधमती नदीको छेउको पानी भएको झाडीमा फेला परेको हो ।
गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको भन्दै परिवारजनले बलवा प्रहरीमा जानकारी गराउँदै खोजविनका लागि आग्रह गरेका थिए ।
Sponsored
खोजविनको क्रममा बालकको शव हत्या भएको अवस्थामा एकसातापछि बालक राँकीको शव फेला परेको हो । बेपत्ता भएकै दिन उनको कसैले हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको आशंका छ ।
गरिबीका रेखामूनि रहेका बरहीको घरपरिवार घुमन्ते जीवन बितारइरहेका छन् । केहि महिनादेखि मृतक बालकका आमबुबासहित केहि छिमेक जनकपुरमा टेन्ट तानेर बस्दै आएका छन् ।
बालकको शव घटनास्थलबाट पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।