जनकपुरमा एक बालकको शव फेला, एकसाता अघि बेपत्ता बालकको हत्या भएको आशंका
टुडेपाटी-
जनकपुरधाम, जेठ २४ गते ।
जनकपुरमा एक बालकको हत्या भएको छ । अन्दाजी ६ वर्षीय बालकको हत्या भएको अवस्थामा शव धनुषा र महोत्तरीको सीमामा फेला परेको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ वसविट्टी स्थित दुधमती नदीको छेउको पानी भएको झाडीमा सोमबार राति फेला परेको धनुषाका प्रहरी उपरीक्षक बसन्त राजौरेले टुडेपाटीलाई जानकारी दिए ।
बालकको एकसाता अघि नै कसैले हत्या गरेर त्यहाँ शव फालेको हुन सक्ने घटानास्थल र शवको प्रकृतिले देखिएको छ ।
सो शव केहि दिन अघि जनकपुबाट बेपत्ता भएका एक बालकको भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
एकसाता अघि सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए ।
Sponsored
गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको परिवारजनले जनाएको थियो । हालसम्म बालक राँकी भेटिएको छैन ।
गरिबीका रेखामूनि रहेका बरहीको घरपरिवार घुमन्ते जीवन वितराइरहेका छन् । उनीहरू घुमन्ते रहेको र ठाउँठाउँमा टेन्टमा बस्दै आएका छन् । केहि महिनादेखि बालकका आमबुबासहित केहि छिमेक जनकपुरमा टेन्ट तानेर बस्दै आएका छन् ।
सम्बन्धित समाचार