TodayPati

सप्तरीमा ट्रकको ठक्करबाट मेयरका प्रत्यासीको मृत्यु, सडक अवरुद्ध गरेर प्रदर्शन

टुडेपाटी-
सप्तरी, जेठ २४ गते ।

सप्तरीमा ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका एक नेताको मृत्यु भएको छ ।

ठक्करबाट एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको मृत्यू भएको हो ।

Sponsored

सोमबार राति सप्तरीको खडक नगरपालिका ५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स.१० प ४६११ नम्बरको स्कुटरलाई ना.६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चौधरी सुरुंगा नगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट चुनाव लडेका थिए ।

घटनापछि आक्रोशित स्थानीयले खरचुहियामा टायर बालेर अबेर रातिसम्म सडक अवरुद्ध गरेका थिए ।

Sponsored

ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *