TodayPati

बाङ्ग्लादेशको एक डिपोमा विस्फोट हुँदा १६ जनाको मृत्यु

एजेन्सी-
जनकपुरधाम, जेठ २२ गते ।

बाङ्ग्लादेशको एक डिपोमा विस्फोट हुँदा १६ जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्।

दक्षिणी सहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको थियो।

Sponsored

घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको घाइतेहरूको उपचार भइरहेको अस्पतालका एक चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।

आगलागीको कारण खुल्न सकेको छैन।

स्थानीय सञ्चारमाध्यमले भण्डारणमा प्रयोग भएका केही कन्टेनरहरूमा रासायनिक पदार्थ राखिएको हुनसक्ने विवरणहरू प्रकाशित गरेका छन् ।

Sponsored

विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको स्थानीय सञ्चारमाध्यम पोर्टहोमालोले जनाएको छ।

घटना भएको सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटरको दूरीमा पर्छ। सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी छन्।

विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको स्थानीय सञ्चारमाध्यम पोर्टहोमालोले जनाएको छ।

घटना भएको सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटरको दूरीमा पर्छ। सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी छन्। बीबीसी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *