TodayPati

मधेश सरकारको नीति तथा कार्यक्रम आज

टुडेपाटी-
जनकपुरधाम, जेठ २२ गते ।

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ ।

अपराहन्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आििथक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

Sponsored

आज प्रस्तु हुने नीति तथा कार्यक्रम शनिबार बसेको मधेश सरकारको मन्त्री परिषद्को बैठकले स्वीकृत गरेको थियो ।

नीति तथा कार्यक्रम प्रस्तुत भए पश्चात् आगामी असार १ गते सरकारले बजेट प्रदेश सभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, सडकलाई प्राथमिकतामा राखिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *