भारत उत्तर प्रदेशको रासायनिक कारखानामा विस्फोट : ८ जनाको मृत्यु, १५ जना घाइते
एजेन्सी
जनकपुरधाम, जेठ २१ गते ।
भारतको उत्तर प्रदेशस्थित हापुरमा रासायनिक कारखानामा विस्फोट भएको छ ।
विस्फोटमा आठ जना जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
घटनास्थलमा धेरै दमकल पुगेका र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् ।
विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लगिएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
‘हापुरको विद्युतीय उपकरण उत्पादन गर्ने कारखानामा भएको विष्फोटमा १५ जना घाइते भएका तथा आठ जनाको मृत्यु भएको छ हापुरका प्रहरी महानिरीक्षक प्रवीण कुमारले बताए ।
Sponsored
घाइतेको उपचार भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै उनले घटनाका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच सडक यातायात तथा राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री विजयकुमार सिंहले घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।