TodayPati

विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० लाख ८० हजार बढी, १ लाख ३४ हजारको मृत्यु

टुडेपाटी-
काठमाडौं, वैशाख ४ गते ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभरमा २० लाख बढी भएको छ ।
कोरोना संक्रमण फैलिएको झण्डै पाँच महिनामा संक्रमितको संख्या २० लाख ८० हजार भन्दा बढी पुगेको हो ।

अहिलेसम्म विश्व मै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या ६ लाख ४४ हजार भन्दा बढी पुगेका छन् ।

Sponsored

विश्वभर अहिलेसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक लाख ३४ हजार ६०३ रहेको छ । कोभिड–१९ बाट मृत्यु हुने पनि अमेरिकामै सबैभन्दा धेरै छन् । त्यहाँ हालसम्म २८ हजार ५२९ पुगेको छ ।

अमेरिकाको इपिसेन्टर न्यूयोर्कमा बुधबार थप ७५२ जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको गभर्नर एन्ड्रयू कुओमोले बताएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको इटालीमा २१ हजार ६४५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ६५ हजार भन्दा बढी छ ।

Sponsored

स्पेनमा ज्यान गुमाउनेको संख्या १८ हजार ८१२ तथा संक्रमित एक लाख ८० हजार भन्दा बढी रहेका छन् । यसैगरी फ्रान्समा १७ हजार १६७ जनाको मृत्यु भएको छ भने एक लाख ४७ हजार मानिसमा संक्रमण पुष्टि भएको छ ।

बेलायतमा ज्यान गुमाउनेको संख्या १२ हजार ८६८ तथा संक्रमित ९८ हजार भन्दा बढी रहेका छन् । जर्मनीमा ३८ सय चार जनाको ज्यान गएको छ भने एक लाख ३४ हजार मानिस संक्रमित भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *