TodayPati

भंगहाको कार्यपालिका सदस्यको निर्वाचन तत्काल नगर्न अदालतको आदेश

टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।

महोत्तरीको भंगहा नगरपालिकाको कार्यपालिका सदस्यको लागि भोलि (शनिबार ) निर्धारण गरिएको निर्वाचन नहुने भएको छ ।

महोत्तरीको भंगहा नगरपालिकाको कार्यपालिका सदस्यको लागि भोलि हुने तय भएको निर्वाचन नहुने भएको छ ।

Sponsored

तोकिएकै मितिमा भंगहा नगरपालिकाको कार्यपालिका सदस्यको लागि हुने निर्वाचन  नगर्न नगराउन उच्च अदालतले अल्पकालीन आदेश दिएको हो ।

भंगहाका जोगिन्द्र दास तत्माले जिल्ला निर्वाचन कार्यालय महोत्तरी, निर्वाचन अधिकृतको कार्यमलय भंगहा समेतलाई विपक्षी बनाइ दायर गरेको रिटमामाथि सुनुवाइ गर्दै उच्च अदालत जनकपले शुक्रबार यस्तो आदेश दिएको हो ।

न्यायाधीश डालकुमार खड्काको एकल इजलासले उक्त आदेश गरेको हो ।

Sponsored

आगामी २१ गते भंगहा नगरपालिकाको  ८ जना कार्यपालिका सदस्यको लागि निर्वाचनको मिति तय गरिएको छ ।

‘निवेदकले अन्तरिम आदेश माग गरे तर्फ विचार गर्दा, निवेदकले माग गरे बमोजिमको अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा दुवै पक्ष राखी छलफल गरी गराई त्यसपछि मात्र अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निर्णय हुन उपयुक्त हुने हुँदा अन्तरिम आदेश छलफलको लागि मिति २०७९/०२/२४ गतेको पेशी तोकी सोको जानकारी विपक्षीहरुलाई दिनु’  आदेशमा अगाडि भनिएको छ ‘सो छलफल मिति सम्मको लागि, निवेदन पत्रमा उल्लेखित विपक्षी निर्वाचन अधिकृतको कार्यालय महोत्तरी भंगाहा नगरपालिकाले मिति २०७९/०२/२१ शनिवारका दिन गर्ने भनिएको मतदानको कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुका नाउँमा अल्पकालिन अन्तरिम आदेश समेत जारी गरिदिएको छ । आदेशको जानकारी समेत विपक्षीहरुलाई दिनु ।’

कार्यापालिका सदस्यका लागि गैर कलस्टरबाट एकजनाले उम्मेदवारी दिएपछि अदालतमा रिट परेको छ । मेयरमा काँग्रेसबाट पराजित विजय मण्डलले अल्पसंख्यक कलस्टरबाट उम्मेदवारी दर्ता गराएका थिए ।

कार्यपालिका सदस्यमा अल्पसंख्यक तथा दलित समूहबाट मात्र निर्वाचित गराउनुपर्ने कानुनी व्यवस्था छ ।

अल्पसंख्यक अन्तर्गत धानुक (मण्डल) जात नपरेपनि निर्वाचन अधिकृतको कार्यालयले मणडलको उम्मेदवारी दर्ता गरेको थियो ।  गैर कलस्टरबाट उम्मेदवारी दर्ता गराएका मण्डल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार संजिवकुमार साहसंग २५३ मतले पराजित भएका थिए ।


टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *