जनकपुरधाम कार्यपालिका सदस्यमा ६ जना काँग्रेस र २ जना एमालेबाट निर्वाचित
टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।
जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट कार्यपालिका सदस्यमा ६ जना निर्वाचित भएका छन् ।
शुक्रबार ८ जना कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा काँग्रेसका ६ जना र एमालेबाट २ जना निर्वाचित भएका हुन् ।
जसमा खुल्ला तर्फ एमालेबाट दिपेन्द्र साह र सन्तोष महतो छन् भने काँग्रेसबाट राकेश विक्रम साह छन् ।
महिला तर्फ काँग्रेसका फूल कुमारी देवी, मनीषा कुमारी देवी, सारदा पंत, शैल कुमारी चौधरी र संजू देवी निर्वाचित भएका हुन् ।
Sponsored