TodayPati

धनुषामा एम्बुलेन्स चालकसहित १७ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

टुडेपाटी-
जनकपुरधाम, वैशाख ४ गते ।
धनुषाको शहिदनगर नगरपालिकामा रहेका क्वारेन्टाइनमा रहेका १७ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । छिमेकी मुलुक भारतलगायत अन्य देशबाट आएका उनीहरुको स्वाब परीक्षण गर्दा रिपोर्ट आएका हो ।
नगरपालिकाका वडा नम्बर–२,३,४,५ र ८ मा बनाइएको क्वारेन्टाइनमा रहेका १६ जना र एकजना एम्बुलेन्स चालक सहित १७ जनाको थ्रोट स्वाब परीक्षण गरेपछि नेगेटिभ रिजल्ट आएको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले जानकारी दिए । उनले भने अहिलेसम्म परीक्षण गरिएका सबैजनाको रिपोर्ट नेगेटिभ छ ।

‘शहिदनगर नगरपालिका क्षेत्रभित्र भारत लगायत विदेशबाट आई क्वारेन्टाइनमा बसेका १६ जना र एकजना एम्बुलेन्स चालक गरि जम्मा १७ जनाको कोरोना भारस परिक्षणका लागि चैत २८ गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरको प्राविधिक सहयोगमा थ्रोट स्वाबका नमूनाहरु संकलन गरि पीसीआर परिक्षण पद्धतिद्वारा संक्रमण परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा सबैजनाको रिपोर्ट निगेटिभ आएको’ उनले भने ।

सबैजनाको नतिजा नेगेटिभ आएपछि खुसी व्यक्त गर्दै मेयर बरबरियाले बुधबार क्वारेन्टाइनमा थपिएका ६ जनाको समेत छिट्टै स्वाब परिक्षण गरिने जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *