TodayPati

मधेश प्रदेश : वडाध्यक्षमाथि महिला सदस्यद्वारा चप्पल प्रहार, परिन् पक्राउ


टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।

सप्तरीमा एक महिला सदस्यले नवनिर्वाचित वडाध्यक्षमाथि चप्पल प्रहार गरेकी छन् ।

कार्यपालिकाको निर्वाचनको क्रममा सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर २ की वडा सदस्य उर्मिलादेवी गुप्ताले वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मीनारायण झामाथि चप्पल प्रहार गरेकी हुन् ।

Sponsored

वडाध्यक्ष झा नेपाली काँग्रेसबाट निर्वाचित छन् भने वडा सदस्य गुप्ता नेकपा एमालेबाट निर्वाचित छन् ।

बिहीबार बलान बिहुल गाउँपालिकामा कार्यपालिकाको तोकिएको निर्वाचनमा नेपाली कांग्रेस र जनमत पार्टीले गठबन्धन गरेको थियो ।

मतदान सम्पन्न भए पश्चात मतपेटिका सिल हुने बेलामा वडा सदस्य गुप्ताले वडाध्यक्ष झामाथि एक्कासी चप्पलले आक्रमण गरेकी थिइन् । सो घटना पश्चात अवस्था तनावग्रस्त बनेको गाउँपालिका अध्यक्ष खेमचन्द यादवले बताए ।

Sponsored

चप्पल प्रहार गर्ने वडा सदस्यलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि स्थिति सहज भएको थियो ।ु

बलान बिहुल गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले आफूमाथि बिनाकारण वडा सदस्य गुप्ताले आक्रमण गर्दै दुर्व्यवहार गरेको बताए ।

इलाका प्रहरी कार्यालय कडोरवनाका प्रहरी निरीक्षक बालेष्टर सिंहले आरोपित वडा सदस्य गुप्तालाई बिहीबार नै नियन्त्रणमा लिएको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *