TodayPati

विमान दुर्घटनामा ज्यान गुमाएका धनुषाका ७ जनाको सामूहिक अन्त्येष्टि

टुडेपाटी-
जनकपुरधाम, जेठ १९ गते ।

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका धनुषाका एउटै परिवारका सात जनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।

धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सातै जनाको काठमाडैंको स्वयम्भूमा बिहीबार सामूहिक अन्येष्टि गरिएको हो ।

Sponsored

विमानमा लोहटाका राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको थियो ।

उनीहरूको स्वयम्भू क्षेत्रमा सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरुको शवलाई अन्येष्टि गर्नु अघि नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल, नेतृ बबी महतो लगायतले पार्टीको झण्डा ओढाएर सम्मान गर्दै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

No description available.

मृतक राजन गोले नेकपा एकीकृत समाजवादीका युवा नेता थिए । उनी मधेश प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्री सत्रुधन महतोको प्रियस पात्र एवं निजी सचिवालयमा कार्यरत्त थिए । आमाबुबा, काकाकाकी र मामामाइजूलाई तीर्थ गराउन जाँदा विमान दुर्घटनामा राजनसहित सबैजनाको मृत्यु भएको थियो ।

Sponsored

No description available.

गत आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको ताराको जहाज मुस्ताङको थसाङ(२ स्थित कोवाङनजिकै सानुसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा चालक दलका तीनजनासहित २२ जनाको मृत्यु भएको थियो ।

सोमबार घटनास्थलबाट मृतकहरुको शव संकलन गरी त्रिवि अस्पतालमा ल्याएर पोष्टमार्टम सम्पन्न भएपछि परिवारलाई बुझाइएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *