पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो
टुडेपाटी-
जनकपुरधाम, जेठ १९ गते ।
पेट्रोल र डिजेलको मूल्य प्रति लिटर १० रुपैयाँ घटेको छ ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल र डिेजलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।
निगम सञ्चालक समितिले १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।
सरकारले कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो ।
Sponsored