पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने तयारी
टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।
पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर घटाउन अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।
पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउन पत्र पठाएको हो ।
मंगलबार एक पत्र लेख्दै अर्थ मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि कर घटाउन भनेको हो ।
उपभोग्य मूल्यमा केही राहत दिनकै लागि यस्तो परिपत्र गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
यश अघि मन्त्रिपरिषदको निर्णयले पेट्रोलियम पदार्थको मूल्य घटाउन पूर्वाधार शीर्षकको कर घटाउन सकिनेगरी अर्थलाई सहमति दिएको थियो ।
Sponsored
योसँगै अब पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घटाउने तयारी छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम १८० रुपैयाँ रहेको छ ।