TodayPati

तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्य छानविन टोलि गठन

टुडेपाटी-
जनकपुरधाम, जेठ १६ गते ।

सरकारले तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानवीन समिति गठन गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले वरिष्ठ एरोनटिक इन्जिनियर रतिसचन्द्रलाल सुमनको नेतृत्वमा पाँच सदस्य छानबिन टोली गठन गरेको हो ।

Sponsored

समितिको सदस्यहरुमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने छन् ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एइटी कलसाइन भएको विमान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरे स्थानमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा चालक दलका तीन सदस्यसहित २२ जनाको मृत्यु भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *