गणतन्त्र दिवसमा जलेश्वर जेलबाट १३ कैदीबन्दी रिहा, को-को भए रिहा ?
टुडेपाटी-
महोत्तरी, जेठ १६ गते ।
गणतन्त्र दिवसको अवसरमा महोत्तरीको जलेश्वर कारागारका ११ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । दुईजनाले आम माफी पाएका छन् ।
कैद मिनाहा र आम माफी दिइएको कैदीहरुलाई प्रकृया पुर्याएर आफन्तको जिम्मा लगाउदै घर पठाइएको कारागारका जेलर अशोक कुमार क्षेत्रीले जानकारी दिए ।
गृहमन्त्रालयबाट कैद भुक्तान र आम माफीको पत्र आउनासाथ प्रकृया पुर्याएर सवैलाई मुक्त गरिएको क्षेत्रीले बताए ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैदीबन्दीको मुद्दाको प्रकृति र चरित्र अनुसार सजाय मिनाहा र आम माफी दिने व्यवस्था छ ।
पचास प्रतिशत सजाय काटिसकेर राष्ट्रपतिबाट सजाय मिनाहा पाएकोहरुमा सवारी ज्यान मुद्दामा तिन वर्षको कैद तथा ३२ हजार जरिवाना भएको सर्लाही व्रम्हपुरी गाउपालिका २ निवासी संतोष साह थुनामुक्त भएका छन् ।
Sponsored
सवारी ज्यान मुद्दामै ३२ हजार जरिवाना सहित तीन वर्ष कैद सजाय काटिरहेका धनुषाको ढल्केवर निवासी भानुभक्त खपांगीलाई थुना मुक्त गरिएको छ ।
यस्तै सवारी ज्यान मुद्दामै मटिहानी गनरपालिका २ निवासी राम यादव, भारतको उत्तर प्रदेश बनारस निवासी अरविन्द कुमार बलाई भन्ने अरविन्द कुमार समेत कैद मुक्त भएका छन् ।
यता कर्तव्य ज्यान मुद्दामा दश वर्षको सजाय पाएकी महोत्तरी हतिसर्वा कि ज्योती मिश्रलाई समेत कैद मुक्त गरिएको छ भने कर्तव्य ज्यान मुद्दाकै जनकपुर उपमहानगरपालिका १४ निवासी हरि शंकर राउत समेतले उनले भुक्तान गर्नु पर्ने १० वर्षे कैद मध्ये ६३ प्रतिशत भुक्तान गरिसकेको उनलाई समेत कैद मुक्त गरिएको छ ।
त्यसतै नकवजनी चोरीमा तिन वर्षको सजाय पाएका रोशन कुमार चौधरी,सवारी ज्यान मुद्दाका मिथिला नगरपालिका १० का गोपाल श्रेष्ठ समेत कैद मुक्त भएका छन् ।
कर्तव्य ज्यान मुद्दामै बिस वर्षको सजाय काटदै आएका मटिहानी नगरपालिका ३ का विनोद पंजियार समेतले राम्रो आचरण प्रस्तुत गरेको भन्दै सिफारिसमा परेपछि उनी कैद मुक्त भएका छन् ।
यस्तै कर्तव्य ज्यान मुद्दामै दश वर्ष र २१ वर्ष ६ महिनाको सजाय पाएका क्रमश महोत्तरी विजलपुरा ३ का रामस्वरुप साह र धनुषा खरिहानी गाविस ३ का रहिमत मियाँ धुनियालाई समेत कैद मिनाहा गर्दै मुक्त गरिएको छ ।
त्यसतै आममाफी पाएकाहरुमा भरतपुर गाविस वडा नं. १ धनुषाका मुन्द्रिका प्रसाद पटेल र सोहि ठाउका अशोक पटेल रहेका छन् । उनीहरु दुवैलाई कर्तव्य ज्यान मुद्दामा २०।२० वर्ष सजाय काट्नु पर्नेमा राष्ट्रपतिबाट आममाफी पाएका हुन् ।