कोरोना पोजेटिभ देखिएका सप्तरीका दुबैजनाको पीसीआर रिपोर्ट निगेटिभ
टुडेपाटी-
सप्तरी, वैशाख ३ गते ।
दिल्लीबाट फर्किएपछि र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका सप्तरीका दुईजनाको पीसीआर विधिको स्वाब रिपोर्ट निगेटिभ आएको छ । मंगलबार सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा दिल्लको मुस्लिमको जमातसभाबाट फर्किएका ७ जनाको र्यापिड टेस्ट गरिएको थियो । जस मध्ये २ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
रिपोर्ट पोजेटिभ देखिएका दुवैजनाको स्वाब पीसीआर विधिबाट परीक्षण गर्न बुधबार धराण स्थित विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
त्यहाँको परीक्षण रिपोर्ट निगेटिभ आएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डा.चुमनलाल दासले जानकारी दिए । उनीहरुसंगै आएका एकजनाको आज अस्पतालमै र्यापिड टेस्ट गर्दा रिपोर्ट निगेटिभ आएको उनले बताए ।