TodayPati

बेपत्ता विमानमा धनुषाका यी सातै जना थिए सवार, जाँदै थिए तीर्थ

टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा धनुषाकै सात जना छन् ।

मुक्तिनाथ दर्शनका लाडि हिँडेका मिथिला नगरपालिका वडा नं. ११ तुल्सी पाटोका एकै परिवारका सातजना रहेको पुष्टि भएको हो ।

Sponsored

तुल्सीपाटो लोटेका स्थानीय राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका छन् ।

राजन कुमार गोले उनीहरुलाई मुक्तिनाथ दर्शनका गराउन विमानबाट जोमसोम जाँदै थिए ।

विमान बेपत्ता भएपछि उनीहरुको घरमा रुवाबासी चलेको छ । गाउँ नै शोकमा डुबेको छ ।

Sponsored

राजन कुमार गोले नेकपा एकीकृत समाजवादी धनुषाका जिल्ला सदस्य छन् । उनी प्रायः काठकमाडौं बस्ने गरेका थिए ।

बुबा आमा आफन्तलाई तीर्थ गराउन विमनबाट मुक्तिनाथ जाँदै गर्दा विमान बेपत्ता भएको हो ।

विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरू सवार थिए ।

बेपत्ता विमान दुर्घटना भएको आशंका गरिएको छ ।

सरकारी अधिकारी तथा नेपाली सेनाको हेलिकप्टरले दिनभर खोजविन गरेपनि आज पत्ता लाग्न सकेन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *