TodayPati

सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने

टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्ने क्रममा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने सदनमा जानकारी गराएका हुन् ।

Sponsored

अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई समायोजन गर्ने बताएका हुन् ।

सरकारले दुईपटक गरी उच्चदरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

इन्धनमा गरिएको मूल्यवृद्धिको अहिले चौतर्फी विरोध भइरहेको छ ।

Sponsored

इन्धनमा लगाइएको कर १० प्रतिशत घटाउने सैद्धान्तिक निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *