सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो
टुडेपाटी-
जनकपुरधाम, जेठ २५ गते ।
सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको आव २०७९र०८० को बजेटमार्फत तलब वृद्धिको घोषणा गरिएको हो ।
बढेको तलब आगामी आवको शुरू (साउन)देखि लागू हुनेछ ।
अघिल्लो वर्ष तलब वृद्धि नगरेको सरकारले आर्थिक संकटका बावजुद पनि कर्मचारीको तलब बढाएको हो ।
Sponsored