TodayPati

दुर्घटनाको आशंका गरिएको तारा एयरको बिमानमा धनुषाका पनि एक यात्री

टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।

पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहिन भएर दुर्घटनाको आशंका गरिएको तारा एयरको बिमानमा धनुषाका पनि एकजना सवार रहेका छन् ।

धनुषाको  मिथिला नगरपालिका–११ लोटाह बस्ने अन्दाजी वर्ष ४२ राजन गोले पनि सवार रहेको स्थानीयले बताएका छन् ।

Sponsored

गोले नेकपा एकीकृत समाजवादी पार्टीका धनुषा जिल्ला सदस्य तथा धनुषा–काठमाडौं सम्पर्क मञ्चका पूर्व सचिव हुन् । उनी मामा माइजूसँग मुस्ताङ्गका लागि उडेका थिए ।

सम्पर्कबिहिन तारा एयरको बिमानको अवस्थाबारे भने सम्बन्धित निकायबाट सार्वजनिक भएको छैन । पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडान भरेको (९ एन एइटी) बिमान बिहान १० बजेर ११ मिनेटमा जोमसोम टावरसँग सम्पर्कमा आएको भए पनि त्यसपछि सम्पर्कविहिन भएको थियो ।

जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माले बिहान १० बजेर ११ मिनेटमा जोमसोम टावरमा सम्पर्क भएको भएपनि त्यसपछि सम्पर्क हुन नसकेको बताउनुभयो ।

Sponsored

पोखराबाट घोडेपानी माथिको आकाश हुँदै मुस्ताङको आकासमा प्रवेश गरेपछि धौलागिरी हिमालतर्फ मोडिएको भन्ने जानकारी आएको भएपनि अन्य कुनै जानकारी प्राप्त हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

मुस्ताङको थासाङ गाउँपालिकाको लेते र टुकुचेको बीचमा पर्ने पहाड क्षेत्रबाट बिमान सम्पर्क बिहीन भएको थियो ।

बिमानमा चालकदलका ३ सदस्य, ६ विदेशी र १३ नेपाली गरी २२ जना यात्रु रहेको जोमसोम बिमानस्थलले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *