निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नमिल्ने फैसला दुखद : प्रचण्ड
टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नमिल्ने सर्वोच्चको फैसला दुखद र अनौठो रहेको बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा प्रचण्डले अर्बौ रुपैयाँ लागत खर्च भइसकेको स्थानमा विमानस्थल बनाउन नमिल्ने भनेर सर्वोच्चले गरेको फैसला आफूलाई अनौठो र दुःखद् लागेको बताएका हुन् ।
सर्वोच्चले फैसलामा जंगल भनेको छ, उक्त स्थानमा जंगल समेत नरहेको प्रचण्डले बताए । ‘त्याँ जंगलको जो कुरा गरिएको छ । त्याँ जंगल छैन । मैले निरीक्षण पनि गरेको छु,’ प्रचण्डले भने ।
उनले सर्वोच्चले फैसला पुनरावलोकन गर्न अनुरोध गरे ।
‘केही ठूला परियोजनामार्फत देशको अर्थतन्त्रलाई गुणात्मकता दिने कोसिसमा छौं,’ प्रचण्डले भने, ‘त्यसअन्तर्गत ठूला जलविद्युत परियोजनाहरू र जलाशययुक्त परियोजना अघि बढाउने सरकारको योजना छ ।’ यसैगरी, निजगढमा विमानस्थल बनाउने भनेर वर्षौं समय खर्किइसकेको समेत उनको भनाइ छ ।
Sponsored
अब सरकार र सर्वोच्चले निजगढ विमानस्थल निर्माणस्थलमा पर्यावरण अध्ययन गर्ने टोली बनाउनुपर्ने सुझाव समेत दिए । उक्त टोलीले त्यस क्षेत्रमा विमानस्थल बनाउँदा पर्ने पर्यावरणीय क्षति र त्यसको समाधानका उपाय सुझाउने र सोहीअनुसार आयोजनालाई अघि बढाउन सक्ने समेत प्रचण्डको भनाइ छ ।