सर्लाहीमा अन्तराष्ट्रिय विमानस्थल बनाउन संसदमा प्रस्ताव
टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सचेतक साहले उनले सर्लाहीको मूर्तियासहितका स्थानमा थुप्रै शजमिन रहेकाले सोही स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका हुन् ।
उनले निजगढमा विमानस्थल बनाउँदा वन मासिने भएकाले आफूले पहिले नै विरोध जनाएको बताए ।
अहिले सर्वोच्च अदालतले पनि पर्यावरणलाई ध्यानमा राखेर निजगढमा विमानस्थल बनाउन रोकेको उनको भनाइ छ ।
निजगढबाट १५ मिनेटमै सर्लाही पुगिने र पूर्व–पश्चिम राजमार्गमा जोडिएको सर्लाहीको मूर्तियासहितका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने साहको जोड छ ।
Sponsored
बिहीबार सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको भोलिपल्टै शुक्रबार उनले मौखिक रुपमा संसदमा उक्त प्रस्ताव गरेका हुन् ।