TodayPati

साउदीमा रोजगारदातालाई कडाइ

एजेन्सी-
जनकपुरधाम, जेठ १४ गते ।

साउदी अरेबियामा रोजगारदातालाई कडाइ गर्न त्यहाँको सरकारले नयाँ नियम लागु गरेको छ ।

साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

Sponsored

यस्तै श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिए पनि रोजगारदाता कारबाहीको भागिदार हुनुपर्नेछ।

पब्लिक सेक्युरिटीले यसो गरेको पाइएमा प्रत्येक रोजगारदातालाई १ लाख साउदी रियालसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय हुने चेतावनी दिएको छ।

पछिल्लो समय कतिपय रोजगारदाता कम्पनीले आफ्ना श्रमिकलाई अन्यत्र काम लगाउने प्रवृत्ति बढेपछि उसले नयाँ नियम ल्याएको हो।

Sponsored

केही रोजगारदाताले फाइदाको लागि आफ्ना श्रमिकलाई अन्यत्र काममा लगाउने गर्छन्। साउदीको नियमअनुसार सम्बन्धित रोजगारदाताबाहेक अन्यत्र काम गर्न पाइँदैन।

यसरी काम गर्नु एक किसिमले अवैध जस्तै हो। जसले श्रमिक नै कानुनी रूपले कमजोर हुने र,आफ्नो अधिकारबाट समेत वञ्चित हुन सक्छन्।

यस्तै, पब्लिक सेक्युरिटीले आवास, श्रम र सीमा सुरक्षा नियमको कुनै उल्लङ्घन भएको पाइएमा मक्का र रियाद क्षेत्रमा ९११ नम्बर र अन्य क्षेत्रमा ९९९ नम्बरमा सम्पर्क गरेर उजुरी गर्न आह्वान समेत गरेको छ । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *