TodayPati

निजगढको विकल्पमा सर्लाहीमा अन्तराष्ट्रिय विमानस्थल बनाउन माओवादी नेताको प्रस्ताव

टुडेपाटी-
जनकपुरधाम, जेठ १३ गते ।

निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चले रोकेपछि सर्लाहीमा बनाउन नेकपा माओवादी केन्द्रले प्रस्ताव गरेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मधेश प्रदेश संयोजक प्रह्लाद बुढाथोकीले अब सर्लाहीमा अन्तरािष्ट्रय विमानस्थल बनाउन प्रस्ताव गरेका हुन् ।

Sponsored

बुढाथोकी शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेलाई पत्र ज्ञापनपत्र बुझाउँदै सर्लाहीमा विमानस्थल बनाउन प्रस्ताव गरेका हुन् ।

सर्लाहीको सगरमाथा बन विकास क्षेत्रको धरहरा–मुर्तीया क्षेत्रमा निर्माण गर्न प्रस्ताव गर्दै उनले सो क्षेत्रमा विमानस्थल बनाए वन फडानी गर्न नपर्ने उनको तर्क छ।

सर्वोच्च अदालतले बिहीबार बाराको निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्य तत्काल रोक्न आदेश दिएको थियो।

Sponsored

अदालतको आदेशसँगै निजगढको विमानस्थल निर्माण कार्य रोकिने छ। अदालतको आदेशप्रति राजनीतिक दलहरुले भने असन्तुष्टि जनाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *