TodayPati

चन्द्रपुर गाउँपालिका अध्यक्ष महतोको पहिलो निर्णय : +2 पढेर २० वर्ष पारी विहे गर्ने छोरीलाई ५०हजार

टुडेपाटी-
सर्लाही, जेठ १३ गते ।

सर्लाहीको चन्द्रपुर गाउँपालिकाले कक्षा १२ पुरा गरेर २० वर्ष पारी विवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ दिने भएको छ ।

चन्द्रनगर गाउँपालिकाको अध्यक्ष राज कुमार महतो शुक्रबार पदभार ग्रहण गर्दै पालिका भित्रका छोरीहरुले उच्च शिक्षा पूरा गरि २० बर्ष पारी बिवाह गरे सम्मान स्वरुप ५० हजार रुपैयाँद दिने पहिलो निर्णय गरेका हुन् ।

Sponsored

सो पालिकामा वर्षेनी अत्यधिक मात्रामा हुने बाल विवाहलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको अध्यक्ष महतोले बताए ।

No description available.

, हाम्रो पालिकामा वर्षेनी ५० भन्दा बढी बलबिवाह, २० भन्दा बढी कम उमेरमा भागी विवाहको घटना हुने गरेको छ, उनले भने , त्यसलाई निरुत्साहित गरि अवसरको रुपमा शिक्षाको मुलधारमा ल्यान र आत्मनिर्भर बनाउन यस्तो निर्णय गरेका हौं।,

उनले कक्षा १२ अनिवार्य र २० वर्षपछि छोरीले विवाह गरे बालविवाह, भागी विवाह, लैङ्गिक हिंसा, घरेलु हिंसाको अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यसले गरिब, दलित सहित सबै परिवारका छोरीलाई शिक्षाको मूलधारमा ल्याई उच्च शिक्षा तिर डोर्‍याउनेमा मदत पुग्ने स्थानीय पँचु माझीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *