जनकपुरमा निधि प्रमुख अतिथि भएपछि बहिस्कार गरेका एमालेका जनप्रतिनिधिले आज लिए शपथ
टुडेपाटी-
जनकपुरधाम, जेठ १३ गते ।
नेकपा एमालेबाट नवनिर्वाचित जनकपुरधाम उपमहानगरका जनप्रतिनिधिले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् ।
बिहीबार काँग्रेस नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि उनीहरु सपथ बहिस्कार गरका उनीहरु शुक्रबार शपथ लिएका हुन् ।
जनकपुरधाम उपमहानगरपालिकामा आयोजित एक कार्यक्रम बीच एमालेबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुलाई नगरप्रमुख मनोज साहले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
एमालेका ७ जना वडाध्यक्ष र सदस्यले शुक्रबार शपथ लिएसँगै आजैबाट आ–आफ्नो वडा कार्यालय पुगेर कार्यभारसमेत सम्हालेका छन् ।
जनकपुरधाम उपमहानगरमा २५ वडा रहेकोमा ११ वडामा नेपाली कांग्रेस, ७ मा नेकपा एमाले, दुईमा नेपाली कांग्रेसका बागी उम्मेदवार, दुईमा लोकतान्त्रिक समाजवादी पार्टी, एकमा जनता समाजवादी पार्टी, एकमा तराइ मधेश लोकतान्त्रिक पार्टी र एकमा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् ।
Sponsored