TodayPati

बर्दिबासका मेयर चढ्ने सरकारी गाडीलाई मेयर प्रह्लाद क्षेत्रीले बनाए बिरामी बोक्ने ‘एबुलेन्स’

टुडेपाटी-
जनकपुरधाम, जेठ १३ गते ।

महोत्तरीको बर्दिबास नगरपालिकामा अब मेयरले प्रयोग गर्दै आएका सरकारी गाडी  बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ ।

नवनिर्वाचित मेयर प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने बताउँदै सो गाडीलाई एम्बुलेन्स बनाउने जानकारी दिए ।

Sponsored

“यसअघि नगरप्रमुखले प्रयोग गर्दै आएको सरकारी गाडी अब विपन्न वर्गका असाहय, बिरामीलाई अस्पताल पु¥याउन प्रयोग गरिने छ”, उनले भने ।

आफूले निजी सवारी नै प्रयोग गर्ने नगर प्रमुख क्षेत्रीको भनाइ छ । यस्तो सेवा पाउने बिरामी वडा समितिबाट विपन्न वा असहाय भएको सिफारिस भने भएको हुनपर्ने नगरपालिकाले जनाएको छ । 

सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र समूह नै बनाएर प्रतिस्पर्धामा ओर्लनुभएका क्षेत्रीकै समूहबाट उपप्रमुख तारादेवी महतो र वडा नं १, ७, १३ र १४ मा वडाध्यक्षसमेत निर्वाचित भएका छन् । वडा नं १ बाट त अध्यक्ष तथा सदस्यसहित पाँचै स्वतन्त्र समूहका निर्वाचित भएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *