कोरोना रोकथामकालागि राजपाले सरकारलाई दियो यी चार सुझाव
टुडेपाटी-
जनकपुरधाम, वैशाख ३ गते ।
लकडाउनको अवधि बढएको कदमलाई स्वागत गर्दै राष्टिय जनता पार्टी (राजपा) ले सरकारलाई चार सुझाव दिएको छ । राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनलाई अझै प्रभावकारी बनाउन केही महत्त्वपूर्ण कुराहरुमा सरकारको ध्यान पुग्नु आवश्यक्ता औल्याएको छ ।
यी हुन् राजपाले सरकारलाई दिएका सुझावहरु :
१. लक डाउनमा दिनहुँ काठमाडौबाट पैदल यात्रा गरि हजारौंको संख्यामा सर्वसाधारण नागरिक आ आफ्नो जिल्ला तर्फ गैरहेका छ्न जस्ले एकातिर विभिन्न ठाउँमा झडपको स्थिति सृजना भएको छ भने अर्कोतिर स्थानीय ठाउँहरुमा त्रासको पनि अवस्था छ। त्यसकारण लक डाउनलाई सफल बनाउन यस विषयमा सरकार गम्भीर भई यसको उचित समाधान खोज्नुपर्छ ।
२.उपत्यका लगायत देशको विभिन्न भुभागमा फसेका नागरिकहरु जसलाई खान बस्न गार्हो भएको अवस्था छ तीनीहरुलाई सम्बन्धित वडाहरुबाट तत्काल राहतको व्यवस्था मिलाउनु पर्दछ।यस विषयमा सरकारले बारम्बार निर्णयहरु गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
३.छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमन तीब्र गतिमा वढीरहेको कारणले खुला सिमानामा अझ निगरानी बढाउनु पर्ने भएकोले व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरि आवत जावतलाई कडाइका साथ रोक्नु पर्दछ।
४.देशको विभिन्न भुभागामा अहिले आएर संक्रमितहरुको संख्या वढ्न थालेको छ तर स्वास्थ्यकर्मीहरुले अझै पनि स्वास्थ सामग्रीहरु पाउन सकिरहेको छैन।त्यसकारण सरकारले प्राथमिकताका साथ तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराउनु पर्दछ।
Sponsored