TodayPati

अफगानिस्तानमा एकै दिन चार बिस्फोट, १२ जनाको मृत्यु

एजेन्सी-
जनकपुरधाम, जेठ १२ गते ।

अफगानिस्तानमा बुधबार एकै दिन चार सार्वजनिक स्थलमा बम बिस्फोट भएको छ । मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मजार(ए(शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् ।

Sponsored

बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको बम विस्फोटमा कम्तिमा दुईजना मारिएका छन् भने १० जना घाइते भएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मजार(ए(शरीफमा भएका विस्फोटको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ ।

काबुलको आपतकालीन अस्पतालका अनुसार मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ५ जनाको मृत्यु र २२ जना घाइते भएको बीबीसीले खबर लेखेको छ । रोयटर्सका अनुसार मस्जिदभित्र पंखामा बम राखिएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *