TodayPati

आफ्नै पुरानो मोटरसाईकल चढेर जनताको सेवा गर्छु : धरानका मेयर साम्पाङ

टुडेपाटी-
धरान, जेठ १२ गते ।

स्वतन्त्रबाट निर्वाचित धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले आफू मोटरासाईकल नै चढ्नो घोषणा गरेका छ ।

पदभार ग्रहण गर्दै साम्पाङले महँगो सवारीसाधन प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

Sponsored

जनताको सेवक भएकाले आफूले उपमहानगरको महँगो गाडी नचढ्ने, आफ्नो पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने उनले सार्वजनिक रूपमा घोषणा गरेका छन् ।

राई एमाले र कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट विजयी भएका हुन् ।

‘म करोडौँ पर्ने गाडी चढेर हिँडेँ भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैन, त्यसैले म सडकमै हिँड्न चाहन्छु, किनकि ती भत्केका खाडलहरू पुर्नु छ, बिग्रिएका बाटाहरू मर्मत गर्नु छ,’ बुधबार सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *