आईपीएल क्रीकेट अनिश्चितकालका लागि स्थगित
टुडेपाटी-
जनकपुरधाम, वैशाख ३ गते ।
इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । भारतमा लकडाउन लम्बिएसँगै भारतीय क्रिकेट बोर्ड(बीसीसीआई)ले आईपीएल स्थगित भएको जनाएको छ ।
यसअघि बीसीसीआईले अप्रिल १५ सम्मका लागि आईपीएल स्थगन गरेको थियो । तर मे ३ सम्म सरकारले लकडाउन बढाएपछि बीसीसीआईले आईपिएलको भविष्य अनिश्चित देखेको हो ।
आईपीएल मार्च २९ देखि मे २४ सम्म हुने पूर्वनिर्धारित तालिका थियो । तर बढ्दो संक्रमणले भारतलाई पनि चपेटामा पारेपछि आईपीएल स्थगित गरिएको थियो ।
Sponsored