TodayPati

भंगहाका मेयर साहको पहिलो निर्णय : १२ कक्षासम्म नि:शुल्क शिक्षा, खेतीयोग्य जग्गामा संधै सिंचाइ

टुडेपाटी

जनकपुरधाम, जेठ ११ गते ।

महोत्तरीको भंगहा नगरपालिकाका नवनिर्वाचित मेयर संजिव साहले कक्षा १२ सम्मको शिक्षा नि:शुल्क हुने पहिलो निर्णय गरेका छन् ।

Sponsored

दोस्रो पटक मेयरमा निर्वाचित भएपछि बुधबार पदभार ग्रहण गर्दै मेयर साहले पहिलो प्राथमिकतामा भंगहा नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुमा १०+२ अर्थात ११ र १२ कक्षा सम्म निशुल्क पठनपाठनको व्यवस्था गर्ने निर्णय गरेका हुन् ।

त्यस्तै नगरपालिका भित्र सञ्चालित निजी विद्यालयमा कानून बमोजिम गरिब दलित तथा जेहेन्दार १०% विद्यार्थीहरुलाई प्राप्त हुने नि:शुल्क पठनपाठनको व्यवस्था गर्ने उद्घोष गरे ।

यस्तै नगर भित्रका नागरिकहरुको गुणस्तरिय स्वास्थ्य सेवामा पहुच अभिवृद्धि गर्न १० शैयाको आधारभूत अस्पताल निर्माण गर्ने, नगर कार्यपालिकाको प्रशासकीय भवन निर्माण र सबै वडा कार्यालय तथा स्वास्थ्य चौकीहरुलाई नागरिक मैत्री सेवा प्रवाह अनुकुलन हुनेगरी व्यवस्थापन गर्ने मेयर साहले निर्णय गरेका हुन् ।

Sponsored

सिंचाई सुविधा नपुगेका खेती योग्य जमिनहरुमा बैकल्पीक विधि अपनाई १२ महिना सिंचित हुने व्यवस्था समेत व्यवस्था मिलाउने उनले उद्घोष गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *