TodayPati

१५ वर्षदेखि उच्च तहमा रहेका कर्मचारी र मन्त्रीको सम्पती शुद्धिकरण हुनुपर्छ : उपेन्द्र यादव

टुडेपाटी-
महोत्तरी, जेठ ११ गते ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा लुटतन्त्र र भ्रष्टाचार नियन्त्रण गर्न जनलोकपाल आयोग गठन गर्नुपर्ने बताएका छन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुटतन्त्र र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताउदै शक्तिशाली जनलोकपाल आयोग गठनको विकल्प नरहेको बताए ।

Sponsored

मङ्गलबार महोत्तरीको गौशालामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामाना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका अध्यक्ष यादवले जनलोकपाल मार्फत १५ वर्षदेखि उच्च तहमा रहेका कर्मचारी र मन्त्रीको सम्पती शुद्धिकरण गरी अवैध ठहरिएका सम्पती जफत गरेर सरकारीकरण तथा गरिब जनताको विकासमा लगाउनुुपर्नेमा जोड दिए ।

‘जबसम्म लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचारी रहेसम्म देशको आर्थिक विकास सम्भव हुँदैन् । यसका लागि संविधान संशोधन पनि गर्नु पर्दैन । शक्तिशाली जनलोकपाल आयोग गठन गरे पुग्छ’ उनले भने ।

सम्बोधनकै क्रममा अध्यक्ष यादवले भर्खर सम्पन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा तुलनात्मक रुपमा पार्टीलाई फाइदा पुगेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *