मधेश प्रदेशको आन्तरिक मामिला मन्त्रालयको नाम परिवर्तन
टुडेपाटी-
जनकपुरधाम, जेठ १० गते ।
मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन भएको छ।
उक्त मन्त्रालयको नाम परिवर्तन गरि ‘गृह तथा सञ्चार मन्त्रालय’ राखिएको सचिव रामकुमार महतोले जानकारी दिए।
उनका अनुसार मधेश सरकारको जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो।
मन्त्रालयको नाम कानुन बमोजिम परिवर्तन गरि राजपत्रमा प्रकाशित गरिएको छ।
प्रदेश सरकार स्थापना हुँदा सो मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानुन मन्त्रालय थियो।
Sponsored
पछि मन्त्रालय फुटाउँदा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय राखिएको थियो । फेरि परिवर्तन गरि ‘गृह तथा सञ्चार मन्त्रालय’ राखिएको हो।
यो मन्त्रालयको मन्त्री अहिले भरत प्रसाद साह छन् ।