राजदूतमा सिफारिस भएका जनकपुरधामका राय र मिश्रको नाम अनुमोदन
टुडेपाटी–
काठमाडौं, जेठ १० गते ।
राजदूतमा सिफारिस भएका जनकपुरधामका डा. रामस्वार्थ रायको नाम अनुमोदन भएको छ ।
संसदीय सुनुवाइ समितिले दुई जना राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
श्रीलंकाका लागि प्रस्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत डा. रायको संसदीय सुनुवाइ गरी समितिले नाम अनुमोदन गरेको हो ।
संसदीय समितिले अनुमोदन गरेपछि अब मिश्र र राय दुवै जनाको नियुक्तिको बाटो खुलेको छ ।
राजदूतहरुको नाम संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
Sponsored