छिन्नमस्ता गाउँपालिका नवनिर्वाचित जनप्रतनिधिको सपथ जेठ १२ गते हुने
शुभ नारायण यादव-
सप्तरी, जेठ १० गते ।
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट नवनिर्वाचित प्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिको सपथ तथा पदभार ग्रहण जेठ १२ गते हुने भएको छ ।
एक कार्यक्रमबीच नव निर्वाचित अध्यक्ष विघानन्द चौधरिले प्रमाण पत्र वितरण गर्दै जेठ १२ गते बिहीबार भव्यतापूर्वक सपथ तथा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
आगामी जेठ १२ गते बिहान १० बजेदेखि गाउपालिका भवनको प्राङ्गणमा आयोजना गरी सपथ तथा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
सो कार्यक्रममा गाउँपालिकाका नव निर्वाचित पदाधिकारिका साथै सम्पूर्ण प्रतिद्वन्दी , निवर्तमान ,वर्तमान कार्य समितिकासाथै जिल्ला भरिका सम्पूर्ण सरोकारबाला निकाय , सम्पूर्ण राजनितिक दलका प्रतिनिधि , विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाज लगायतको उपस्थिति रहने जनाएको छ ।
Sponsored