TodayPati

जनमत पार्टीले जितेको पालिकामा ‘जनता राज’ स्थापना गर्ने, पहिलो दिनमै यस्तो निर्णय !

टुडेपाटी-
जनकपुरधाम, जेठ १० गते ।

स्थानीय निर्वाचनबाट पहिलो पटक केहि पालिकामा स्थानीय सरकारको नेतृत्व पाएको सिके राउतको जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधि कसरी अगाडी बढ्छन् तिर धेरैको ध्यान केन्द्रित छ । स्थापनाकालदेखि भ्रष्टाचार, कुशासन, व्यतिथि विरुद्ध आबाज उठाउँदै आएको जनमत पार्टी आफै नेतृत्वमा पुगेपछि त्यसलाई नजिकबाट जनताले नियाल्नु स्वभाविकै हो ।

सबभन्दा पहिले जनमत पार्टीले जितेको नगरपालिका हो सप्तरीको हनुमाननगर कंकालिनी । त्यहाँ जनमत पार्टीबाट विरेन्द्र माझी निर्वाचित भएका छन् । पदभार ग्रहण गरेकै पहिलो दिन नवनिर्वाचित मेयर माझीले जनता राज स्थापना गर्ने एवं लोकतन्त्रको प्रत्याभूति नगरका जनतालाई गराउने भन्दै केहि लिखित रुपमा पृथक एवं ऐतिहासिक प्रतिवद्धता गरेका छन् ।

Sponsored

मेयर माझीले जन्म, विवाह र मृत्यु र्ताका साथै बृद्धभत्ता पनि घरमै पुगेर उपलब्ध गराइने, विपन्न परिवारलाई रासन कार्ड र वृद्ध किसानलाई पेन्सन उपलब्ध गराउने जस्ता लिखित प्रतिवद्धता जनाएका हुन् ।

‘नगरपालिकाभित्र भोकै बस्नुपर्ने अवस्थाका अति विपन्न वर्ग परिवारको पहिचान गरी उनीहरुलाई रासन कार्ड उपलब्ध गराइने र सुकुम्बासीको पहिचान गरी प्रदेश र संघीय सरकारको समन्वयमा उनीहरुलाई भूमि उपलब्ध गराइनेछ’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘जग्गा र घर समेत नहुने अति विपन्न वर्ग परिवारलाई पहिचान गरी उनीहरुलाई एकीकृत वस्ती मार्फत् वासको व्यवस्था गरिनेछ ।’

लुगाको समस्या हुनेका लागि नगरपालिकाभित्र क्लथ बैंक स्थापना गरिने र त्यहाँबाट निःशुल्क लुगा उपलब्ध गराउने मेयर माझीको प्रतिवद्धता छ ।

Sponsored

किसानलाई विभिन्न भागमा वर्गीकरण गरी किसान कार्डको व्यवस्था गर्दै निःशुल्क कृषि मिटर उपलब्ध गराउनुका साथै नगरपालिकाले तोकेको हदसम्म कृषि बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता पनि माझीले गरेका छन् ।

‘नगरपालिकामा कृषि औजार लाइब्रेरी स्थापना गर्दै वैकल्पिक जिविकोपार्जन नहुने किसानको पहिचान गरी वृद्ध किसानको लागि किसान पेन्सन योजना लागू गरिनेछ’ प्रतिबद्धता पत्रमा भनिएको छ ।

नगरपालिकाभित्र तोकेको मापदण्ड पुग्ने हरेक नागरिकलाई कम्तीमा न्यूनतम स्वास्थ्य बीमा उपलब्ध गराउन र नगरपालिकाभित्रका अस्पतालमा निःशुल्क औषधिको व्यवस्था गर्न पहल गरिने तथा वृद्ध तथा अशक्तलाई घर घरमा चिकित्सक गएर नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने पनि प्रतिबद्धता गरिएको छ ।

नगरपालिकाको वडा नम्बर १ र ४ मा झोला र बनाना चिप्स उद्योग खोलेर वा खाल्न लगाएर पहिलो चरणमा सयदेखि १ सय ५० जनाले रोजगारी पाउने व्यवस्था गरिने पनि उनले प्रतिवद्धता गरेका हुन् ।

स्तो छ उनको एतिहासिक प्रतिवद्धता

No photo description available.
No photo description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *